Section 18A
सम्पत्ति जफत हुने
: (१) दफा ४ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) अन्तर्गत निषेध गरिएको कुनै कार्य गरी आर्जन गरेको सबै चल तथा अचल सम्पत्ति जफत हुनेछ ।
(२)दफा ४ को खण्ड (ख), (ग), (घ), (ङ) र (च) अन्तर्गतको कसूरसम्बन्धी मुद्दामा कसूरदार ठहरिएको व्यक्तिको आफ्नो वा आफ्नो परिवारको थाहा भएसम्मको आम्दानीको श्रोतको अनुपातमा नमिल्दो आर्थिक साधन वा सम्पत्ति भएमा निजले अन्यथा प्रमाणित गर्न सकेमा बाहेक नजको त्यस्तो सम्पत्ति यस ऐन विपरीतको कार्य गरी आर्जन गरेको मानी त्यस्तो सम्पत्ति निजको परिवार वा अन्य कसैको नाममा राखिएको भएतापनि सो सम्पत्ति समेत जफत हुनेछ ।
(३) उपदफा (१) र (२) बमोजिम कसैले सम्पत्ति जफत हुन सक्ने अपराध गरेकोछ भन्ने मनासिब कारण भएमा औषध नियन्त्रण अधिकारीबाट त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का गर्न लेखी आएमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो सम्पत्ति रोक्का राखिदिन सक्नेछ ।